ओली र ठाकुरबीच फेरि भेटेवार्ता, जसपाले पाउने पाँच मन्त्रालयको टुंगो लाग्यो

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। वार्तामा जसपाले पाउने पाँच मन्त्रालयको टुंगो लागेको बताइएको छ ।

जसपाको उपेन्द्र यादव समूहले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी कसेपनि ठाकुर–महतो खेमा भने सरकारमा जान लागेको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ। यद्दपी तत्काल ५ नेतालाई सरकारमा पठाउने तयारी यो समूहको रहेको छ ।



जसपाले रक्षा, उद्दोग, खानेपानी, उर्जा र शहरी विकास मन्त्रालय पाउने भएकाे छ । तीन मन्त्रालय दोस्रो चरणामा थप्ने ओली बताएकाे बुझिएकाे छ ।

जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डाारी, अनिलकुमार झा, राजकिशोर यादव सरकारमा जाने छुंगो लागेको छ । उपेन्द्र समूहकालाई प्रभावमा पर्न केही मन्त्री पछि थप्ने गरी खाली राख्ने महन्थको तयारी छ ।

सम्बन्धित समाचार