स्वास्थ्यमन्त्री बन्ने भएपछि शेरबहादुर तामाङले दिए यस्तो प्रतिक्रिया

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदको शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन् ।

तामाङले भने, ‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएर अहिले देखिएको समस्या समाधान गर्नु नै मेरो लक्ष्य हुनेछ ।’



उनले सबैलाई खोप नलगाएसम्म जोखिम कायमै रहने अवस्था रहेको भन्दै यसमा नै बढी जोड दिइने बताए । ‘संक्रमणको रोकथाम र नियन्त्रण र स्वास्थ्य उपचारमा देखिएको कमजोरी हटाएर जनताको स्वास्थ्यमा नै केन्द्रित हुन्छु,’ उनले भने, ‘अक्सिजन, औषधि लगायतको उपचारमा कुनै अभाव हुन नदिने हिसाबले काम अघि बढाउनेछु ।

यसअघि कानुन मन्त्री हुँदा विवादमा आएपछि तामाङले राजीनामा दिएका थिए। त्यसपछि दोस्रो पटक उनी मन्त्री बन्न लागेका हुन् ।

सम्बन्धित समाचार