यस्तो छ १७ मन्त्रीको वरीयताक्रम, राजेन्द्र महतो तेस्रोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।

यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेल बहिर्गमनमा परेसँगै पौडललाई माथिल्लो वरियता मिलेको हो । पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका छन् । आश्चर्यजनकरुपमा उनलाई उपप्रधानमन्त्री बनाइएको छ । उनी राजेन्द्र महतोभन्दा माथिल्लो वरियतामा छन् ।



मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।

हेर्नुहोस् मन्त्रीहरुको वरीयताक्रम

सम्बन्धित समाचार