आफ्नो चौतर्फी विरोध भएपछि उपप्रधानमन्त्री महतोले निकाले यस्तो विज्ञप्ति

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले गएराती विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने स्पष्ट पार्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, आफूले संविधानका धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जात जाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताए ।



साथै विज्ञप्तिामा संविधानमा रहेका असन्तुष्टी संबोधान गर्न संशोधनका लागि गठित कार्यदलमा आफ्ना धारणा राख्ने उल्लेख गरे ।

सम्बन्धित समाचार