नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो ।
पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको घटनाले राष्ट्रिय चर्चा पाएको थियो ।


