नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । सोमबार राति प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
एमाले पार्टीभित्रको समस्या, प्रदेशहरुमा बदलिँदो सत्ता समीकरणका साथै ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको भनिएको बेला भेटवार्ता भएको हो । शीतल निवास स्रोतले भेटवार्तालाई नियमित भएको बताएको बताएको छ ।
मन्त्री बन्ने आकांक्षी धेरै भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श लिएको बताइन्छ । राष्ट्रपतिले पनि आफू निकट २ जनालाई मन्त्री बनाउन आग्रह गरेको बताइन्छ । एमालेबाट नयाँ मन्त्री बन्नेहरुमा खगराज अधिकारी, गोकुल बास्कोटा, महेश बस्नेत, नाराणमुनी थारु, निरु पाललगायतको चर्चा छ ।

