५ हजार १५३ संक्रमित थपिए, १०८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा हजार ५ हजार १५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका १७ हजार ६७६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको भने ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।



योसँगै नेपालमा आजसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार