देउवाले जुटाएको बहुमतकाे कुनै अर्थ छैनः शंकर पोखरेल

एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत बदरभागी हुने जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा पोखरेलले एमाले सांसदहरूको समेत हस्ताक्षरमा कांग्रेस सभापति शेरबहादुर देउवाले जुटाएको बहुमतको अर्थ नरहेको जिकिर गरेका हुन् ।

सर्वोच्चमा जारी बहसतर्फ इंगित गर्दै पोखरेलले लेखेका छन्सं-‘सदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई त थाहा हुनु नै पर्ने हो ।’



सर्वोच्चमा बहसका क्रममा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले देउवाले बहुमत हस्ताक्षरसहित दाबी पेश गरेकाले उनलाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका थिए ।

सम्बन्धित समाचार