नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन् ।
शनिवार बिहान एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’
शुक्रबार बागमती प्रदेश सभामा बोल्ने क्रममा वैद्यले गान्धी जस्तै प्रमको हत्या गर्नुपर्ने आसयको अभिव्यक्ति दिएका थिए ।


