नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

आज काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका सीडीओको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
आज बस्ने बैठकमा निषेधाज्ञाबारे थप निर्णय लिने बुझिएको छ । उपत्यकामा पछिल्लो समय लगाईएको निषेधाज्ञा भोलि सकिँदैछ । आज बस्ने बैठकबाट निषेधाज्ञालाई सहज रुपमा पालना गर्दै कसरी अगाडी बढाउँने भन्नेबारे छलफल हुने बताईएको छ । उपत्यकामा निषेधाज्ञालाई अझै एक साता लम्ब्याईने बुझिएको छ ।
अब थपिने निषेधाज्ञामा पुस्तक ढुवानी र पुस्तक पसलहरु खुल्न सक्ने बुझिएको छ । त्यस्तै अन्य क्षेत्रमा पनि सावधानी अपनाउँदै केही हदसम्म खुकुलो गरिनेबारे आजको बैठकले निर्णय गर्ने बताईएको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण घटे पनि सतर्कता भने अझै अपनाउनुपर्ने भएको भन्दै थप एक साता निषेधाज्ञा थपिन लागेको हो ।

