छतमा फसेका दुई युवाद्वारा उद्धारको माग, हेलिकप्टरको व्यवस्था गरिंदै

काठमाडौं । मेलम्चीको होटल रोजको छतमा दुईजना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् ।

उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।



उद्वारको लागि हेलिकोप्टरको व्यवस्था गर्ने तयारीमा स्थानीयहरु लागेका छन् ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । अन्यको खोजी कार्य भैरहेको छ ।

सम्बन्धित समाचार