आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार विहीबार दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र १ नम्बर प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

विहीवार देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



महाशाखाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले ती प्रदेशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार