जाजरकोटमा हावाहुरीले उडाउँदा ७ जना बेपत्ता

जाजरकोटको कुशे पाटनमा हावाहुरी चल्दा पशुचौपाया छाड्न गएका ७ जना बेपत्ता भएका छन् । कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार ३१ गते बेलुका स्थानीयहरु पाटनमा पशुचौपाया छाड्न गएको र अत्याधिक हावाहुरीका कारण ७ जना बेपत्ता भएको सँगै गएका एक जनाले हिजो बिहान प्रहरीलाई जानकारी दिएको बताए । डीएसपी थापाका अनुसार गाई, भैंसी र भेंडालगायत पशुचौपाया लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । उनीहरु गत मंगलबारदेखि हावाहुरीमा परेर पाटनको जलजलाबाट बेपत्ता भएका हुन् ।



उनीहरुसँगै गएका ११ जनामध्ये सोही ठाउँका २४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय ईश्वर रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा रोकाया घर फर्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार