नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।

विवाह तथा ब्रतवन्धको हकमा बढीमा १० जनासम्म भेला हुने पाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ ।
“विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने,” निर्णयमा भनिएको छ, “विवाह तथा ब्रतबन्धको हकमा दुईवटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने पाइनेछ ।”
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनमा फरक फरक खोल्न पाइने निर्णय गरेको छ ।

