एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको बताए । सो विषयमा निर्णयका लागि आयोजक कमिटीको बैठक बोलाइएको उनले बताए ।



महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको बताए । अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको उनको आरोप छ । उनले आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताए ।

सम्बन्धित समाचार