आज यी स्थानमा अति भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो ।

मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ। बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।



यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार