गुडिरहेको टिपर गोठमा खस्यो, सुतिरहेका दम्पतिको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा गुडिरहेको टिपर खस्दा गोठमा सुतिरहेका एक दम्पतीको मृत्यु भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिपर ​सडकबाट खस्दा गोठमा सुतिरहेका ५३ वर्षीय साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।



बिहान ४ बजे टिपर माटो बोकेर साँखुबाट बौद्धतर्फ आइरहेको टिपर माथिबाट खसेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार