तीन दिनदेखि बेपत्ता बालक मृत फेला

तीन दिनदेखि बेपत्ता बालकको शव फेला परेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं ८ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।



सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अधिकारी टीकापुर पुगेका थिए । मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर बालकको खोजी भएको थियो ।

सम्बन्धित समाचार