आज यी प्रदेशमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली रहेको छ। शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैरी सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।



त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदीका बहावहरु बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार