माओवादी बैधानिक रहेको निर्वाचन आयोगको निर्णयपछि टोपबहादुरले दिए यस्तो प्रतिक्रिया

नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीले आफूहरुको निवेदन खारेज गर्ने आयोगको निर्णय पूर्वाग्रही भएको बताएका छन्। निर्वाचन आयोगको निर्णय लगत्तै नेता रायमाझीले यस्तो बताएका हुन्।

रायमाझीले भने, ‘निर्वाचन आयोगको निर्णय पूर्वाग्रही छ। यो निर्णय कानुनसम्मत पनि छैन। ‘निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च जान्छौं। सर्वोच्च अदालतमा छिट्टै मुद्दा दर्ता हुन्छ।’ नेता रायमाझीले निर्वाचन आयोगसँगै माओवादी केन्द्रलाई पनि विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गर्ने बताए।



नेकपा (माओवादी केन्द्र) खारेज गर्नुपर्ने पूर्व माओवादी नेताहरूको मागलाई निर्वाचन आयोगले आइतबार अस्वीकार गरिदिएको छ। माओवादी छाडेर एमालेमा लागेका पूर्व माओवादी नेताहरूको मागबमोजिम पार्टी नै खारेज गर्नुपर्ने नदेखिएको निष्कर्ष आयोगले निकालेको हो।

सम्बन्धित समाचार