आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

सोमबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



सोमबार दिउँसो पनि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार