नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।
राणाालाई सुरक्षा चुनौति बढेकोले वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको नीजि निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
‘अहिले उहाँको सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने । संसद पुनस्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ ।