नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने कारोनाविरुद्धको खोप छिटै नेपाल आइपुग्ने जानकारी दिए ।
जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खोप दिने वाचा पनि गरेका छन् ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

