पालिका अध्यक्ष लामाद्वारा कुटपिट, जनता असुरक्षित

ककनी गाउँपालिकाका अध्यक्ष एवं माओबादीका नेता मानबहादुर लामले आफूमाथि सामाजिक सन्जालमार्फत् प्रश्न उठाएको भन्दै आफ्नै पालिका वडा नम्बर ४ चतुरालेका युवा शङ्कर लामिछानेमाथि कुटपिट गरेका छन् ।

पालिकामा काम छ भनी अध्यक्ष लामाले अर्को मान्छेमार्फत ती युवालाई बोलाउन लगाएर पालिकाको कार्यालयभित्र लगी कुटपिट गरेको र उनको सिङ्गो परिवार नै सिध्याइदिने धम्की दिएको पीडित युवा लामिछानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।



लामिछानेले आइतवार अध्यक्ष लामासहित कुटपिट गर्ने तीनजनाविरुद्ध इलाका प्रहरी कार्यालय ककनीमा जाहेरी दिएका छन् । सामाजिक सञ्जालमा आएको समाचारको विषयलाई लिएर जनताको मतबाट चुनिएका जनप्रतिनिधिहरूले नै आफ्नै मतदाता पिटदै हिँड्न थालेपछि आम जनताहरू भने आफूहरू असुरक्षित भएको गुनासो गर्न थालेका छन् ।

एमाले नेता काशिराज अधिकारी भन्छन् ‘कानुनी उपचारको बाटो हुँदाहुँदै पदीय मर्यादाको ख्याल नै नगरी सांग्घातिक हमलामा उत्रनु खेदजनक छ ।’ पिटाइ खाने युवा एमाले निकट मानिन्छन् । यस कार्यका विरुद्ध आइतबार र सोमवार दिनभर पालिका कार्यालयमा प्रदर्शन पनि भएको थियो । दोषीमाथि कारबाहीको माग गर्दै एमाले नुवाकोटका सचिव काशिराज अधिकारीको अगुवाइमा प्रर्दशन भएको थियो ।

सम्बन्धित समाचार