नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि, सचेत रहन सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्ली पठाएका सबै ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले तयारी गर्न आग्रह गरेका छन् ।

नेपालमा हालसम्म अल्टा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भइसकेका छन् । नेपालमा अहिले पछिल्लोपटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ ।



जेठको मध्येदेखि असारमसान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो ।

सम्बन्धित समाचार