आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।

प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। यी स्थानमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



यसैबीच, कोशी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा नारायणी र यसका सहायक नदीमा बहाब घटबढ हुने महाशाखाको पूर्वानुमान छ।

सम्बन्धित समाचार