नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । लु१ज- ४५६५ नम्बरको जिप मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।
शान्तिपुरबाट तमघास जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदै छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको र जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

