नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान १ किलो १ सय ६५ ग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ हुनेमा गोरखा घर भएका २८ वर्षीय पदम परियार रहेका छन् ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको बस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ ।

