नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।

जोरपाटीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सो ठाउँमा तामाङले तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

