गत २४ घण्टामा ३ हजार ८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १५ हजार ८०८ जनाको परीक्षणबाट २ हजार ६३४ जना र एन्टिजेन विधिबाट १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ । हाल नेपालमा क्वारिन्टिनमा ३४९ र आइसोलेसनमा २९ हजार ४४ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ४६ हजार ६५७ रहेको छ ।

सम्बन्धित समाचार