उपेन्द्र यादव जसपाको संसदीय दलको नेतामा चयन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।



यससँगै जसपा यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार