नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे। जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए । र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरी माथि दूर्व्यवहार गरेका थिए। यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन्।
उनले प्रहरीले उल्टो आफ्नो बाबु माथि दूर्व्य हार गरेको बताएकी छन् । उनले लेखेकी छन् ‘हेलमेट छुटेको विषयलाई प्रहरीले मर्यादा पूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमान जनक ब्यबहार गरेको छ।’ कीर्तिकाको ट्वीटले पूर्व राज परिवारका सदस्यहरुमा अझै पनि आफुलाई देशका आम नागरिक भन्दा उच्च कोटीमा राख्ने लालचा रहेकोप प्रष्ट देखिन्छ ।
यस्तै, पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्। आफूले चलाउने फेसबुक ह्यान्डलमा शनिबार एक स्टोरी पोस्ट गर्दै शाहले लेखेका छन् – ‘यो मेरो जीवन हो । अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेलमेट लगाउँदैनन् ।’ पारस शाहले हार्ली चलाउँदा अमेरिकामा कसैले पनि हेलमेट लगाउँदैनन् भनेर दाबी गरेपनि त्यो पूर्णतः सही होइन ।


