राप्रपा केन्द्रीय सदस्य थापाको निधन

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा आज(आइतबार) थापाको निधन भएको हो ।

तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भएको र वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेपछि अवस्था नाजुक बनेको थियो ।



थापाकाे निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् । यसैगरी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लाेहनीले पनि थापाकाे निधनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दु:ख व्यक्त गरे।

थापाको आज अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । थापाको दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

सम्बन्धित समाचार