नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेको डुंगा दुर्घटनामा परेको हो ।
१० जना सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जनाको सकुशल उद्दार गरिएको थियो । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा रहेका छन् । त्यस्तै घाइते हुनेमा मोहन्याल गाउँपालिका १९ बर्षीया धनसरा सलामी मगर र उनको एक महिनाको छोरा कर्ण सलामी रहेका छन् ।
चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई नियमित खोप लगाउन जाने क्रममा डुङ्गा पल्टिएको थियो । घाइते मध्ये धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ भने उनको छोराको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

