नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

नेकपा (माओवादी केन्द्र) ले दार्चुला घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।
बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । गत शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले महाकाली नदीको तुइनको लट्ठा फुस्काउँदा जयसिंह धामी नदीमा खसि बेपत्ता भएका छन् ।

