नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

माछापुच्छ्रे गाउँपालिका-२ कस्केरीस्थित हाईमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा पाँच जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय कुल बहादुर बिक लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त फर्ममा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कु सहित फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

