श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३३ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार