नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गवानपुर गाउँपालिका १ बस्ने २६ वर्षीय आनन्द कुमार पासवान रहेका छन् । पासवानले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

