नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भैरहेको सुचना पाएको दाबी गरेका छन् । बालकोटमा आफूनिकट केही नेताहरुसँगको भेटमा ओलीले एमाले फुटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको बताएका हुन् ।
माधव नेपाल एमालेमा नफर्कने दाबी गर्दै ओलीले नयाँ राष्ट्रपतिको रुपमा झलनाथ खनाल, रामचन्द्र पौडेल र प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणामध्ये एकलाई अगाडि सार्ने तयारी भएको सूचना आएको बताएका थिए । उनले माधव नेपाल समूहका राम्रा केही नेताहरु एमालेमा फर्किने तयारीमा रहेको भएपनि नेता नेपालले भने देउवा र प्रचण्डलाई छोड्न नसक्ने विष्लेषण गरेका थिए ।
माधव नेपालकै कारण सत्ता दक्षिणपन्थीहरुको हातमा पुगेको भन्दै अव फेरि कम्युनिस्टले दुई तिहाइ मत ल्याउन नसके प्राप्त उपलब्धी गुम्ने बताएका थिए । निर्वाचनसम्म एमालेविरुद्ध घेराबन्दी कायमै राखिने तयारी भएकोले गठबन्धन भत्काउनु अवको चुनौति हुने बताएका थिए ।
