अपहरणको आरोप लागेपछि मध्यरातमा बर्बराउन थाले मुख्यमन्त्री पोखरेल

नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई अपहरण गरी आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मध्यरातमा बर्बराउन थालेका छन् । आफूमाथि अपहरणको आरोप लगेपनि उनले विपक्षी दलमाथि नै प्रश्न गरेका छन् । उनले अपहरणको आरोप लगाउने विपक्षीसँग इतिहासले हिसाब माग्ने बताएका छन् ।

विहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कुण्ठा पोखेका उनलाई गाली गर्नेको लर्को लागेको छ । उनको स्टाटसको कमेन्टमा हेरिसक्नु छैन । अपहरण जस्तो गम्भीर बिषयमा उनले गरेको हल्का खालको यस्तो टिप्पणीले उनीमाथि झनै शंका पलाउने अवस्था बनेको छ । उनले स्टाटसमा लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो रु भनेर प्रश्न गरेका हुन् ।



आफूमाथि लागेको अपहरणको आरोपलाई उनले अन्यत्रै मोड्न खोजेको देखिन्छ । ‘दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ उनले भने, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यीयमा झर्यो रु इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशसभा सदस्य वलीले विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखेको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी थिइन ।

सम्बन्धित समाचार