नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो

नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ । बिहीबारबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी एकताको पक्षमा लाग्नु पर्ने तर त्यसका लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुनुपर्ने सुझाव दिएका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि नेपाल समूहले केन्द्रीय कमिटीको बैठक स्थगित गरि स्थायी समिति बैठक सुरु भएको छ ।



बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी एकता हुनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार