मन्त्रालयको टुंगो नलागेको भन्दै माओवादी केन्द्रले छानेन मन्त्री, मन्त्रिपरिषद् विस्तार अनिश्चित

सत्ता साझेदार नेकपा माओवादी केन्दले गठबन्धनमा मन्त्रालयको टुंगो नलागेको भन्दै मन्त्री छान्न आनाकानी गरेको छ । सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा व्यक्त गरे पनि मन्त्री दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तार थप अनिश्चित बनेको छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।



त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ । माधव नेपाल पक्षलाई कुर्ने कि सरकार विस्तार गर्ने भन्नेमा गठबन्धनमा अन्यौलता देखिएको छ ।

सम्बन्धित समाचार