कमला मुस्कान
काठमाडौं, २३ साउन ।
शब्द हराएको बेला,
कतै…
म भावुक बनेको बेला…
निःशब्द ओठहरू कमाउँदै,
यी मन मस्तिष्कहरूले
एउटै नाम उचारण गरे
‘आमा… …!’
चिम्सा…ती दृष्टि गुमाउँदै गरेका आँखाहरू
जबरजस्ती घुमाएर
सुस्त आवाज निकाल्दै–
‘छोरी तँ कहाँ छेस्…?’
मेरी आमाले मलाई खोज्दै भनिन् ।
धराप शरीर..
बुढो उमेर,
नशे हातहरू कमाउँदै
बार्दलीको एक कुनामा
बिहानीपखको पारिलो घाम ताप्दै
कालो रङ्ग पोतिएको
सेतो अनि…
लरक्क लर्किएको कपाल
सम्हाल्न नसकी
उनले भनिन्…
‘यो झाँक्रो सम्हाल्न गाह्रो भो नानी,
लट्टा फुटाइ दे’ दे’….!’
ती बाक्ला केशराशिहरू खेलाउँदै
सय वर्षे बुढो शरीर
अनि आमाको चनाखो स्वभाव देखेर
म टोलाएँ, लोलाएँ अनि कल्पित बनेँ–
आजका युवा… भोलि यो उमेरसम्म बाँच्लान् !?
के यति टाठो, बाठो र स्वस्थ्य रहलान् ?
अबको हाम्रो आयु कति ?
मेरो मन खिन्न भयो…
आमाको मुहारले मलाई भावुक बनायो
अनि म कल्पनाको संसारमा
प्रश्न प्रतिप्रश्न गर्दै हराइरहैँ … !!