नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ। शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। आगलागी नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरिएको छ। शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी खसालिएको हो।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। आगो नियन्त्रणका लागि रानिपोखरीबाट हेलिकोप्टरमा पानी लगिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
