नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।
विभिन्न पाँचवाट संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
त्यस्तै इजी सर्भिसको ३४९४९, आकाश टेकको ३१००३, जानकी टेक्टोलोजीको ३५००१, नेपाल टेलिकमको १६०० (एसएमएस र आईभीआर) र एनसेलको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।