नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

पद जोगाउने सम्पूर्ण विकल्प सकिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आएका छन् । विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेपछि समस्यामा परेका उनी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आएको बुझिएको छ । एकातिर सांसदलाई बन्धक बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको र अर्कातिर विपक्षीले अविश्वास प्रस्ताव दर्ता त्यसमाथि प्रदेश प्रमुख फेरिएर पोखरेल हायल कायल बनेको बताइएको छ ।
पोखरेल विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे एमालेका केही नेताहरूसँग छलफल गरेका छन् । पहिले बहुमतमा देखिएका मुख्यमन्त्रीको पक्षमा हाल ३८ जना सांसदमात्र छन्। विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४१ जना सांसद छन्।
एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि राजीनामा दिने तयारीमा पोखरेल रेहको स्रोतको दाबी छ ।
