सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।



घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार