आज दुई हजार ५४८ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ३७८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १३७ र तीन हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४११ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार १९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । जसमा ३१ हजार ९६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८०२ संक्रमित आईसीयूमा र १८१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना र एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

 

सम्बन्धित समाचार