जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मध्यबानेश्‍वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार