नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

काठमाडौंको बागबजारस्थित् पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच परीक्षा सञ्चालन गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन विद्यार्थीले माग गरेका छन् । प्रहरीले प्रदर्शनमा उत्रिएका एक दर्जन विद्यार्थीलाई पक्राउ गरेको छ । पद्मकन्या क्याम्पसमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थीको भीडभाडले संक्रमणको खतरा बढेको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।
यसअघि नै त्रिभुवन विश्वविद्यालयले भदौ ५ सम्मको परीक्षालाई भने संचालन गर्ने निर्णय गरेको थियो ।
